एनपीएल : यी हुन् राम्रो प्रदर्शन गर्ने नेपाली र विदेशी खेलाडी

 मंसिर २७, २०८१ बिहीबार ९:१६:४७ | विकाश चापागाईँ
unn.prixa.net

काठमाण्डौ –  काठमाण्डौको त्रिवि क्रिकेट मैदानमा चलिरहेको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा अहिलेसम्म १९ वटा खेलहरू सकिएका छन् ।

अहिलेसम्म सुदूरपश्चिम रोयल्स पाँच खेलमा आठ अङ्कसहित शीर्ष स्थानमा छ । समान खेल खेलेको जनकपुर बोल्ट्सले आठ अङ्क जोडे पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

यस्तै चितवन राइनोज पाँच खेलमा छ अङ्कसहित तेश्रो तथा समान खेलमा कर्णाली याक्सले छ अङ्क जोडे पनि नेट रन रेटका आधारमा चौथो स्थानमा छ ।

यस्तै छ खेलमा क्रमशः समान दुई अङ्कसहित लुम्बिनी लायन्स  पाँचौँ, काठमाण्डौ छैटौँ, पाेखरा एभेञ्जर्स सातौँ र विराटनगर किङ्ग्स आठौँ स्थानमा छ ।  

व्यक्तिगत राम्रो प्रदर्शन गर्ने नेपाली खेलाडी

रोहित पौडेल


एनपीएलमा अहिलेसम्म सबैभन्दा धेरै रन बनाउनेमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल रहेका छन् । उनले अहिलेसम्म ११ छक्का र २४ वटा चौकासहित दुई सय ६९ रन बनाएका छन् । दोश्रो सबैभन्दा धेरै पोखरा एभेञ्जर्ससँग ९५ रन बनाएका छन् ।  साथै उनले छ खेलमा सात विकेट पनि लिएका छन् । तर उनको टिम लुम्बिनी लायन्सले भने सुखद् प्रदर्शन गर्न सकेको छैन ।

दीपेन्द्रसिंह ऐरी

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नो व्यक्तिगतसँगै टिमको प्रदर्शनलाई पनि सुखद् कायम राखेका छन् । उनले अहिलेसम्म नौ छक्का र १० चौकासहित एक सय ४० रन बनाएका छन् । दीपेन्द्रले पाँच खेलमा तीन विकेट पनि लिएका छन् । उनले दुई सयको स्ट्राइक रेटसहित ७० को औसतमा ब्याटिङ गरिरहेका छन् ।

रिजन ढकाल

चितवन राइनोजका रिजन ढकालले पाँच खेलमा एक सय २९ रन दिएर नौ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिनेमा तेश्रो स्थानमा छन् । उनको उत्कृष्ट बलिङ १० रन दिएर तीन विकेट रहेको छ । रिजनले सात रनको औसतमा बलिङ गरिरहेका छन् ।

किशोर महतो 

जनकपुर बोल्ट्सका किशोर महतोले पाँच खेलमा एक सय आठ रन दिएर नौ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिनेमा चौथो स्थानमा छन् । उनको उत्कृष्ट बलिङ ३५ रन दिएर चार विकेट रहेको छ । किशोरले सात रनको औसतमा बलिङ गरिरहेका छन् ।

ललित राजवंशी 

 

जनकपुर बोल्ट्सका ललित राजवंशीले पाँच खेलमा एक सय २० रन दिएर आठ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ २८ रन दिएर तीन विकेट रहेको छ । उनले छ रनको औसतमा बलिङ गरिरहेका छन् । साथै पावर प्ले का ओभरमा बलिङ गर्ने ललितको बलमा विपक्षी ब्याटर खुलेर खेल्न सक्दैनन् ।

विपिनप्रसाद शर्मा

कर्णाली याक्सका आइकोनिक खेलाडी विपिनले चार खेलमा सात विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ २१ रन दिएर तीन विकेट लिएका छन् । उनले पाँच रनको औसतमा बलिङ गरिरहेका छन् ।  
व्यक्तिगत राम्रो प्रदर्शन गर्ने विदेशी खेलाडी 

लाहिरु मिलान्था

जनकपुर बोल्ट्सका अमेरिकी खेलाडी लाहिरु मिलान्थाले पाँच खेलमा एक सय ७५ रन बनाएका छन् । उनी सबैभन्दा धेरै रन बनाउनेमा दोश्रो स्थानमा छन् । मिलान्थाको सबैभन्दा धेरै अविजित ७५ रन छ औसत रन ४३ रहेको छ । उनले एक सय ३६ को स्ट्राइक रेटमा खेलेका छन् । 

शिखर धवन 


कर्णाली याक्सका भारतीय चर्चित खेलाडी शिखर धवनले चार खेलमा एक सय ३६ रन बनाएका छन् । एनपीएलमा उनले रन सात सय २८ रन बनाएका छन् । ४५ रनको औसतले खेलेका धवन एक सय २२ को स्ट्राइक रेटमा रन बनाएका छन् । उनी चार खेल खेलेर भारत फर्किसकेका छन् ।

रवि बोपारा 

चितवन राइनोजका इंग्लिस खेलाडी रवि बोपारा पाँच खेलमा एक सय ६९ रन बनाएका छन् । उनी अहिलेसम्म सबैभन्दा धेरै रन बनाउनेमा तेश्रो नम्बरमा छन् । बोपाराको सबैभन्दा धेरै अविजित ५९ रन छ भने औसत रन ४२ रहेको छ । उनले झन्डै एक सय ४० रनको स्ट्राइक रेटमा खेलिरहेका छन् । 

आन्द्रेस गौस


पोखरा एभेञ्जर्सका आन्द्रेस गौस एनपीएलमा शतक बनाउने पहिलो ब्याटर बनेका छन् । उनले लुम्बिनी लायन्ससँग ५५ बलमा अविजित एक सय चार रन बनाएका हुन् । उनले एक सय ८० रनको स्ट्राइक रेटमा खेलिरहेका छन् । 

सोयल तनभिर 

चितवन राइनोजका पाकिस्तानी खेलाडी तनभिरले पाँच खेलमा ९४ रन दिएर नौ विकेट लिएका छन् । उनी अहिलेसम्म सबैभन्दा धेरै विकेट लिने बलरमा शीर्ष स्थानमा छन् ।  उनको उत्कृष्ट बलिङ २१ रन दिएर पाँच विकेट रहेको छ । तनभिरले पाँच रनको औसतमा बलिङ गरिरहेका छन् । 

हर्ष थाकर 

जनकपुर बोल्ट्सका हर्ष थाकरले पाँच खेलमा एक सय १३ रन दिएर नौ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिनेमा दोश्रो स्थानमा छन् । थाकरको उत्कृष्ट बलिङ २८ रन दिएर पाँच विकेट रहेको छ । उनको औसत बलिङ छ रनको छ । 

स्कट कुग्लेइन

सुदूरपश्चिम रोयल्सका स्कट कुग्लेइनले पाँच खेलमा ८८ रन दिएर आठ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिने बलरमा चौथो स्थानमा छन् । उनको उत्कृष्ट बलिङ ३० दिएर तीन विकेट रहेको छ । कुग्लेइनको औसत बलिङ छ रनको छ । 

साद विन जफर

लुम्बिनी लायन्सका साद विन जफरले छ खेलमा एक सय ४२ रन दिएर आठ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ २१ रन दिएर तीन विकेट रहेको छ । जफरको औसत बलिङ छ रनको छ । 
रामोन सिमोन्ड्स 


लुम्बिनीकै रामोन सिमोन्ड्सले छ खेलमा एक सय ५४ रन दिएर आठ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ २१ रन दिएर दुई विकेट छ । सिमोन्ड्सको औसत बलिङ छ रनको छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकाश चापागाईँ

विकाश चापागाईँ ​उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया