हुम्लाको सिमकोटमा बालगृह निर्माण

 मंसिर २७, २०८१ बिहीबार १२:१७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

हुम्ला – हुम्लाको सदरमुकाम सिमकोटमा बालगृहको भवन निर्माण भएको छ । जापान सरकारको एक करोड ३५ लाख रुपैयाँको अनुदान लागतमा बालगृह बनेको हो ।

नेपालमा रहेको जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला) का प्रमुखलाई भवनको साँचो हस्तान्तरण गर्नुभएको हो ।

भवनमा ३० जना बालबालिकालाई आश्रय दिने क्षमता रहेको जापानी राजदूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ । छ ।

नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायतका गतिविधि सञ्चालन गर्नसक्ने छन् । 
 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया