लाेकतन्त्र बचाउनका लागि अन्तिमसम्म लडिरहन्छु : दक्षिण कोरियाका राष्ट्रपति

 मंसिर २७, २०८१ बिहीबार १२:३७:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले लोकतन्त्र बचाउका लागि आफू अन्तिमसम्म लडिरहने बताउनुभएको छ । उहाँले टेलिभिजन सम्बोधनका क्रममा गएको हप्ता देशमा सैनिक शासन लागू गर्ने ‘मार्सल ल’ घोषणा गर्ने आफ्नो निर्णयको बचाउ गर्ने अभिव्यक्ति दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति युनले आफ्नो प्रयास लोकतन्त्रको पतनलाई रोक्ने र प्रतिपक्षको संसदीय तानाशाहीको विरोध गर्ने कानूनी निर्णय भएको जिकिर गर्नुभएको छ ।

दक्षिण कोरियामा राष्ट्रपति युनको राजीनामा वा महाभियोगको माग लगातार बढ्दै गएको छ । तर, युनले आफूले पद त्याग नगर्ने सङ्केत गरिरहनु भएको खबरमा उल्लेख छ ।

राष्ट्रपति युनले देशमा  ‘मार्सल ल’ लागू गर्ने निर्णय गरेर केही घण्टा मै आफ्नो निर्णय फिर्ता लिनुभएको थियो । तर दक्षिण कोरियामा उहाँको ठूलो विरोध भइरहेको छ ।  उहाँमाथि  अनुसन्धान पनि भइरहेको छ । 
 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया