तालिबानका शरणार्थी मामिला मन्त्री हक्कानीको मन्त्रालयमै भएको विस्फाेटमा ज्यान गयो

 मंसिर २७, २०८१ बिहीबार १५:१३:१३ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

तालिबानका शरणार्थी मामिला मन्त्री खलील–उर–रहमान हक्कानीको मन्त्रालयमै भएको बम विस्फाेटमा ज्यान गएको छ । एक जना व्यक्ति अकस्मात् मन्त्रालयमा पसेर आत्मघाती बम विस्फाेट गराएको बीबीसीको खबरमा उल्लेख छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

पाकिस्तानका विदेशमन्त्री आइज्याक डारले हक्कानीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । खलील–उर–रहमान हक्कानी तालिबान सरकारका आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका र अफगान तालिबानको हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीका भाइ हुनुहुन्छ । युद्धको समयमा अमेरिकाले खलील हक्कानीको बारेमा जानकारीका लागि पाँच करोड डलर इनाम दिने घोषणा गरेको थियो ।

सन् २०२१ को अगस्टमा तालिबान फेरि सत्तामा आएपछि यो समूहमाथि भएको तेस्रो ठूलो आक्रमण हो । मार्च २०२३ मा बल्ख प्रान्तका गभर्नर मोहम्मद दाऊद वाफा मुजामिलमाथि आक्रमण भएको थियो । आक्रमणमा मोहम्मद दाउदसहित तीन जनाको ज्यान गएको छ । त्यसअघि अक्टोबर २०२२ मा काबुलमा तालिबानको आन्तरिक मन्त्रालय परिसरमा रहेको मस्जिदमा भएको विस्फोटमा चार जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया