टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डौको कमलादीमा भ्वाङ परेको कल्भर्ट मर्मत गरेर आजदेखि सञ्चालनमा आएको छ ।
गएको साउन २५ गते अविरल वर्षासँगै कमलादीमा सडकमा भ्वाङ परेको थियो । पूरै कल्भर्ट भासिएपछि गाडी मात्रै नभई पैदल यात्रीसमेत हिँड्न पाएका थिएनन् । ११ मिटर लामो कल्भर्ट भत्किँदा सङ्घीय राजधानी काठमाण्डाैकाे व्यस्त कमलादी क्षेत्रमा गाडी आवागमनमा समेत समस्या भएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले कल्भर्टको आज शुभारम्भ गर्नुभएको हो । व्यस्त सडक भएकै कारण सडक विभागले तीव्रताका साथ काम गराएको विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिनुभयो ।
सडक कसले र कसरी निर्माण गर्ने भन्ने विवादले लामो समय सडकको काम नै शुरू हुन सकेको थिएन । गएको कात्तिक ३ गते मात्रै सडक निर्माणको काम शुरू भएकोमा ५० दिनपछि आजदेखि गाडी चल्न थालेका हुन् । यो सडक ४९ लाख रुपैयाँ लागतमा बनेको हो ।
कमलादीमा सडक भ्वाङ परेसँगै वरपरका सडकको एकतर्फी ट्राफिकलाई दुईतर्फी नै बनाइएको थियो । तर आजदेखि भने सडक पुनः एकतर्फी भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।