ब्यूटी विद् अ पर्पस अवार्ड पनि श्रृंखलालार्इ, नेपालीहरुका लागि एकैसाथ दाेहाेराे खुशी

 मंसिर १७, २०७५ सोमबार २१:७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छिन् ।

केही बेर अघि अाफ्नाे इन्स्टाग्राममा भिडियाे शेयर गर्दै श्रृंखलाले अाफूले  ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे खबर सुनाउँदै हर्षविभाेर भएकी थिइन् ।

 

अाफूले मल्टिमिडिया अवार्ड  जितेकाेमा खुशी साट्दै  श्रृंखलाले सम्पूर्ण नेपालीलाइ धन्यवाद दिँदै अाफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे सुनाइन् । उनले खुशी मिसिएर गला भारी भएकाे अावाजमा भनिन्, ‘एण्ड, अार्इ वन द ब्यूटी विद अ पर्पस अवार्ड, रुँदा रुँदा अाँखा सुन्निन लाइसक्याे। बल्ल टाइम पाएँ हजुरहरुसँग शेयर गर्नलार्इ ।’ 

भिडियाेमा उनले ब्यूटी विद अ पर्पस अवार्ड जित्नु अाफ्नाे लागि  मिस वर्ल्डकाे उपाधि जितेसरह भएकाे र अाज संसारमा अाफूभन्दा खुशी शायद काेही पनि छैन हाेला भन्दै अाफ्नाे खुशी शेयर गरेकी छिन् ।

यसका बारेमा श्रृंखलाले अाधिकािरक जानकारी गराए पनि मिस वर्ल्डकाे अाधिकारिक पेजमा अाउन भने बाँकी छ ।

ब्यूटी विद् अ पर्पस श्रृंखलालार्इ दिलाउन मदत गर्ने उनकाे पर्पस अर्थात उद्धेश्य भने मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने रहेकाे छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया