सन्दीप लामिछानेलार्इ पहिले क्रिकेट खेल्न गाह्राे थियाे अहिले कलेजकाे भर्ना फारम भर्न

 मंसिर १८, २०७५ मंगलबार १५:२०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली क्रिकेट टाेलीका लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेटसँगै पढाइलार्इ पनि अगाडि बढाउने योजना बनाएका छन् । जसका लागि उनी मानविकी संकाय अन्तरगत स्नातक तह  (बीए) मा भर्ना भएका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयकाे पाठ्यक्रम अनुसार मानविकी संकाय अन्तरगत स्नातक तहमा छान्नुपर्ने दुर्इवटा मुख्य विषयहरुमध्ये साेसियल वर्क र साइकाेलाेजी (सामाजिक कार्य र मनाेविज्ञान) विषय लिएर अध्ययन गर्न लागेका हुन् ।

सन्दीप जेभियर इन्टरनेसनल कलेज कालाेपुलमा तीन वर्षे कोर्षका लागि भर्ना भएका हुन् । टी-१० लिग सकेर फर्किएपछि सन्दीपले कलेजमा आधिकारिक रूपमा भर्ना फर्म भरेका हुन् । सन्दीपको भर्नाको फर्म भर्नेबेला कलेजले विशेष कार्यक्रमको आयोजना नै गरेको थियो ।

टी-१० लिग अगाडि त्यसै कलेजको ब्रान्ड एम्बेस्डरसमेत बनेका सन्दीप र उनका म्यानेजर रमन सिवाकोटीलार्इ कलेजले स्वागत पनि गरेको थियो ।

फर्म भर्ने बेला उनले ठट्याैली पारामा पहिले क्रिकेट खेल्न गाह्रो थियो अहिले फर्म भर्न कठिन भएको बताए ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया