नेप्से परिसूचक १० अंकले बढ्यो

 मंसिर १८, २०७५ मंगलबार १८:५४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शेयर बजारमा मंगलबार नेप्से परिसूचक १० अंकभन्दा धेरैले बढेको छ ।

नेप्से मंगलबार १० दशमलब २७ अंकले बढेर ११ सय ४२ बिन्दुमा पुगेको हो । केही दिनदेखि घटिरहेको शेयरको कारोबार सोमबार सामान्य बढेको थियो । मंगलबार कारोबार भएकामध्ये बाणिज्य र होटल बाहेका सबै समूहको उप–सूचकमा सुधार भएसँगै समग्र नेप्से परिसूचक बढेको हो ।

बजार बढे पनि कारोबार रकम भने मंगलबार घटेको छ । सोमबार साढे ६३ करोड भन्दा धेरैको कारोबार भएकोमा मंगलबार ३८ करोड २६ लाख रुपैयाँको १२ लाख २२ हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज जनाएको छ ।

मंगलबार सबैभन्दा धेरै नेपाल बैकको शेयर १ करोड १४ लाखभन्दा बढीको कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशत कमाए भने महिला सहयात्रा माइक्रोफानान्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया