सानिमा लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्याेरेन्स सम्झौता

 मंसिर १८, २०७५ मंगलबार २०:२५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र जनता बैंक लिमिटेडबीच मंगलबार बैकास्योरेन्स सम्झौता भएको छ । 

सानिमाका तर्फबाट  नायब महाप्रबन्धक केशब राज के.सी तथा जनता बैंकका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत  पर्शुराम कुँवरले सम्झौतामा हस्ताक्षर गर्नु भयो ।

सम्झौता अनुसार गा्रहकहरुले जनता बैंकका सम्पूर्ण शाखाहरुबाट सानिमा लाइफ इन्स्योरेन्सको उत्कृष्ट आधुनिक स्तरको जीवन बीमा सेवा उपभोग गर्न सक्ने बताइएको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया