वैवाहिक बन्धनमा बाँधिइन् सृजना सुब्बा

 मंसिर १९, २०७५ बुधबार १७:५२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अभिनेत्री सृजना सुब्बा विवाह बन्धनमा बाँधिएकी छिन् । 

मंसिर १९ गते उनले संस्कृतिकर्मी तथा सिनेमा निर्माता पदम सुब्बासँग लगनगाँठो कसेकी हुन् । 

सिर्जना वैवाहिक बन्धनमा बाँधिएसँगै उनलाई शुभकामना तथा बधाईको ओइरो लागेको छ । 

सिर्जनाले थियटरबाट करिअरको सुरुवात गरेकी हुन् । अहिले पनि उनी थियटरमै सक्रिय छिन् । यसका अलावा उनले  लुट २, डाइङ क्याण्डल, मिस्टर भर्जिन, चक्कर लगायतका सिनेमामा अभिनय गरेकी छिन् । 

सृजना जीवन्त अभिनयका कारण चिनिएकी अभिनेत्री हुन् । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया