ईपीएलमा चितवन टाइगर्सको कप्तानी पृथु बास्कोटाले गर्ने

 मंसिर १९, २०७५ बुधबार १९:५३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एभरेष्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सको कप्तानी पृथु बास्कोटाले गर्ने भएका छन् । मार्की प्लेयरको रुपमा दीपेन्द्रसिंह ऐरीलाई राखेको चितवनले कप्तानको जिम्मेवारी भने बास्कोटालाई दिएको जनाएको छ । 

अन्डर नाइन्टिनका पूर्व कप्तानसमेत रहेका बास्कोटाले गएको संस्करणमा चितवनले राम्रो प्रदर्शन गर्न नसकेको बताउँदै आउँदो प्रतियोगितामा चितवन उपाधिको बलियो दाबेदार रहेको बताए ।

यसैगरी टिमले प्रशिक्षकको रुपमा कलाम अलीलाई नियुक्त गरेको छ । टिम म्यानेजर स्यामसङजंग थापा रहेका छन् । यसैगरी ट्यालेन्ट हन्टबाट लिएका पाँच जना खेलाडीमध्ये आकाश थापालाई टिममा समावेश गरिएको पनि जनाइएको छ । 

विदेशी खेलाडी इंग्ल्याण्डका जर्ज स्कट र जोहन सिम्सन काठमाडौं आइसकेका छन् । अर्का खेलाडी आएरल्याण्डका पल स्र्टलिङ भने बिहीबार राति काठमाडौं आइपुग्नेछन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया