कोपा लिबेरटाडोरेस कपको फाइनल खेल्न बोका जुनियर्स र रिभर प्लेट मड्रिडमा

 मंसिर २०, २०७५ बिहिबार १२:१०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

समर्थकको हिंसात्मक क्रियाकलापका कारण रोकिएर मड्रिडमा सारिएको कोपा लिबेरटाडोरेस कपको फाइनल खेल्न बोका जुनियर्स र रिभर प्लेट मड्रिड पुगेका छन् । कडा सुरक्षाकाबीच मड्रिड पुगेका दुबै टिमको सुरक्षाका लागि २५ सय सुरक्षाकर्मी खटाइने भएको छ ।

आइतबार हुने फाइनल पनि स्पेनमा विदाको दिन पारेर राखिएको छ । सुपरक्लासिको नाम दिइएको सो खेलमा खटिन २५ सय सुरक्षा अफिसर्सको ड्युटि पनि परिवर्तन गरिने भएको छ ।

अर्जेन्टिनाबाट प्रस्थान हुँदा करिब ५ हजार बोका जुनियर्सका समर्थकले टिमलाई विदाइ गरेका थिए । यस्तै रिभर प्लेटका पनि त्यति नै समर्थक विमानस्थलमा पुगेका थिए । अब रियल मड्रिडको मैदान बेर्नाबउमा हुने फाइनल खेलका लागि सुरक्षा ब्यवस्था निकै कडा पारिने भएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया