तलाउमा डुबेर ज्यान गुमाएका युवकको शव निकाल्ने प्रहरी जवानलाई परिवारको सम्मान

 मंसिर २०, २०७५ बिहिबार १८:२१:२३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – केही दिन पहिले दाङको घोराही उपमहानगरपालिका–१७, गुलरियामा रहेको कृत्रिम तलाउमा डुबेर मृत्यु भएका लक्ष्मण डिसीको शव निकाल्ने प्रहरी जवानलाई मृतकका परिवारले सम्मान गरेको छ । 

घोराही उपमहानगरपालिका वडा नम्बर –१५, निवासी १८ वर्षीय लक्ष्मण डिसीको शव निकाल्ने प्रहरी जवान प्रभू सुनारलाई डिसीको परिवारले बिहीबार सम्मान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय परिसरमै पुगेर सुनारलाई डिसी परिवारले नगदसहित सम्मान गरेको हो । नगद ५ हजारसहित अबीर र मालाले प्रहरी जवान सुनारलाई सम्मान गरिएको थियो । त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले प्रहरीको मनोबल बढाउने गरी डाँगी परिवारले प्रहरी जवान प्रभू सुनारलाई सम्मान गरेको धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

घोराही उपमहानगरपालिकाले गुलरियामा निर्माण गरेको कृञिम तालमा मंसिर ९ गते डुबेका डिसीको शव चार दिनपछि प्रहरी जवान प्रभू सुनारले  निकाल्नु भएको थियो । बर्दिया घर भएका सुनार जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत हुनुहुन्छ ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया