सुर्खेतमा सवारी चालकका लागि रिफ्रेस सेन्टर

 मंसिर २०, २०७५ बिहिबार २०:१०:२८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चुमा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि रिफ्रेस सेन्टर स्थापना गरिएको छ । 

रत्न राजमार्गको भेरीगंगा नगरपालिकाको छिन्चुमा पर्ने छिन्चु बजारमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टमा रि प्रेस सेन्टर स्थापना गरिएको हो  । ८ लाख १७ हजार २ सय १७ रुपँैयामा सेन्टरको भवन निर्माण गरिएको हो । 

भवनको उद्घाटन कर्णाली प्रदेशका प्रहरी प्रमुख महानिरीक्षक महेश विक्रम शाहले उक्त भवनको उद्घाटन गर्नु भएको हो ।

सवारी चालकहरु बढी थकानका कारण सवारी साधन दुर्घटना हुने भएकाले उनीहरुलाई आराम गर्नका लागि रिफ्रेस सेन्टरको स्थापना गरिएको अस्थायी ट्राफिक पोष्ट छिन्चुका प्रमुख ओम खत्रीले जानकारी दिनुभयो । 

नागरिकलाई सुरक्षित तरिकाले गन्तव्यमा पु¥याउनका लागि र चालकहरुलाई थकान मेट्नमा सहयोग पुग्ने उहाँले बताउनुभयो । ‘सवारी चालकले थकान मेट्ने, सेन्टरबाट सवारी चालकहरुलाई सल्लाह सुझाव दिने गर्छौं’, उहाँले भन्नुभयो ‘यसले सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने विश्वास लिएका छौँ ।’

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया