जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
सर्लाही – नचिनेका मान्छेको समूहले हतियार देखाएर सर्लाहीको बाँके जंगलमा १० लाख रुपैयाँ लुटेका छन् ।
सर्लाहीको लालबन्दीमा रहेको वाणिज्य बैंकबाट पैसा निकालेर श्रीनगरको महारानी बचत तथा ऋण सहकारी संस्थातर्फ जाँदै गरेका संस्थाका अध्यक्ष धनेश्वर महतोको साथबाट १० लाख रुपैयाँ नगद लुटेको सर्लाही प्रहरीले जनाएको छ ।
नम्बर नखुलेको दुईटा मोटरसाइकलमा आएका चार जनाले पेस्तोल देखाएर पैसा लुटेको संस्थाका अध्यक्ष महतोले बताउनु भएको छ । लुटपाटमा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।