साप्ताहिक शेयर समीक्षा: वाणिज्य बैंक समूहकाे लाभांश घोषणा, बजारमा भने तीव्र गिरावट

 मंसिर २१, २०७५ शुक्रबार १९:१६:३३ | ज्याेति दाहाल
unn.prixa.net

लामो प्रतिक्षापछि कारोबारमा महत्वपूर्ण हिस्सा ओगट्ने वाणिज्य बैंक समूहले लाभांश र साधारणसभा घोषणा गर्न थालेको बेला अचानक बजारमा यस हप्ता तीव्र गिरावट देखियो ।

यसरी तीव्र गिरावट आउनुपर्ने तात्विक कारण भने केही थिएन । जनता, माछापुच्छ्रे र कुमारी लगायत बैंकले १२ देखि १३ प्रतिशतसम्म मुद्दतीमा व्याज दिने गरी नयाँ बचत योजना ल्याएपछि यसरी तीव्र गिरावट आएको देखिन्छ ।

केही बैंकले यसरी मुद्दतिको व्याजदर बढाउने निर्णयले मात्र बजारमा गिरावट आउने कारण नबन्नु पर्नेमा बनिदियो । यो घटनाले नेपालमा यी तीनवटा मात्र ठूला बैंक रहेछन कि भन्नेसम्मको स्थिति पनि देखियो ।

जबकी नेपालमा यी बाहेक अरु २५ वटा यी भन्दा ठूला बैंक रहेका छन् ।

शेयरबजारमा हुने कारोबार मापन गर्ने सूचकमा केही सीमित कम्पनीको भूमिका रहेको हुने र तिनै कम्पनीको थोरै मात्र भाउ घट्दा पनि सूचकांकमा ठूलै प्रभाव पार्छ भन्ने हेक्का लगानीकर्तामा नदेखिँदा पनि बजारमा तीव्र गिरावट आएको थियो ।

अन्य समूहमा सूचिकृत सबैभन्दा धेरै १५ अर्ब पूँजी भएको नेपाल दूरसञ्चार कम्पनीको मूल्यमा आएको उतारचढावले यो हप्ता सूचकांकमा हलचल मच्चियो ्र दूरसञ्चार कम्पनीको शेयर मूल्य बढेर ८ सय पुग्दा अरु समूह घट्दा पनि बजारको सूचक घट्न सकेन तर दूरसञ्चारको मूल्य घटेर अन्य समूह बढ्दा पनि सूचक बढेन ।

किनकी दूरसञ्चार कम्पनीले अहिले पनि सूचक निर्धारणमा निर्णायक भूमिका निर्वाह गरिरहेको छ । सूचकलाई मूलरुपमा प्रभाव पार्ने ५ कम्पनीले पूँजीकरण र बजार पूँजीकरणमा के कति योगदान दिन्छन् तालिकामा देखाइएको छ ।

कम्पनीबाट बोनसको अपेक्षा गरेका लगानीकर्तालाइ ग्लोबल, नबिल, साना किसान जस्ता कम्पनीले बोनस नै घोषणा गरिदिँदा पनि अपेक्षाकृत बजारले उल्टो गति लियो ।

यसले बजारमा के खोजिएको भन्ने स्पष्ट हुनसकेको छैन । अर्थमन्त्री डा। युवराज खतिवडाको कारण बजार घटेको भन्दै लगानीकर्ताले तीव्र आक्रोश पोखेका छन् ।

यसै हप्ता केन्द्रीय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको अध्यक्षतामा धितोपत्र बेर्डका अध्यक्ष रेवत कार्की, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना लगायतको कार्यदल गठन गरिएको छ । समितिले बजार सम्बन्धमा अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउनेछ ।

अनलाइन प्रणाली भनेजस्तो नभएको भन्ने अर्को आधार पनि बजार घट्नुको भरपर्दो कारण बन्न सक्दैन भन्ने तथ्य पनि कारोबारमा देखिएको उत्साहले निस्तेज सावित गरेको छ ।

बजार घट्दो क्रममा रहेको बेला पनि क्रेतामा भने कमी आएको देखिएको छैन । क्रेताले सस्तोमा खोज्नु व्यापारको सामान्य सिद्धान्त नै हो । सस्तो, राम्रो, गुणात्मक र नाफा देखिएका कम्पनीमा लगाव उत्तिकै देखिएको छ ।

अहिलेको बजारमा मुद्दती वा ऋणपत्रमाभन्दा बढी लाभ रहेको कम्पनी पर्याप्त देख्न सकिन्छ । लगानी गरेको पहिलो साल नै कम्तिमा ५ प्रतिशतको वार्षिक लाभ देखिनु दोस्रो बजार लगानीको लागि सुरक्षित हो ।

कतिपय कम्पनीको वार्षिक लाभ ९ प्रतिशत हाराहारीमा पनि पाउन सकिन्छ । कम्पनीले बोनस शेयर जारी गरेनन् भनेर सस्तैमा शेयर हुत्याइदिँदा त्यसको लाभ भने अरुले लिएको देख्न सकिन्छ ।

अनलाइन प्रणालीको विधिवत् सुरुवात भएको हुँदा ढिलो चाँडो पूर्ण स्वचालित हुनेमा शंका गर्नुपर्ने आवश्यकता देखिन्न । अनलाइन प्रणाली कारोबारलाई सहज बनाउने साधन मात्र भएकोले यसको आगमनले व्हात्तै बजार बढेर आकाश छुन्छ भन्ने मनोभावना राख्नु पनि बेकार हुन्छ ।

यस हप्ता कुनै पनि कम्पनीका शेयर सूचीकरण भएनन् । साताको ५ दिन शेयर कारोबार भएको थियो ।

नयाँ शेयर/हकप्रद

जारी भईरहेको नयाँ शेयर र हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ ।

नेप्सेमा सूचीकृत कम्पनीले धमाधम लाभांश घोषणा गरिरहेका छन् ्र कतिपय कम्पनीले साधारणसभा समेत सम्पन्न गरेका छन् । घोषित लाभांश तालिकामा पेश गरिएको छ । 

वाणिज्य बैंक समूह 

विकास बैंक समूह

वित्त कम्पनी समूह 


  
लघुवित्त समूह 

   

उत्पादन र बीमा 


 
कम्पनीहरुले लाभांश घोषणा संगसंगै साधारणसभा समेत शुरु गर्न थालेका छन् । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ । 

राजिनामा, नियुक्ति र मनोनयन 

एनएलजी इन्सुरेन्सका सञ्चालक भुपेन्द्र पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ । कालिका लघुवित्तका अध्यक्ष विष्णुप्रसाद पौडेलले राजीनामा गरेका छन् । एनआइसी एसिया बैंकले रोशन न्यौपानेलाइ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । नबिल बैंकमा एनबी इन्टरनेशनलले निर्वाण चौधरीलाइ पुनः संचालकमा  मनोनयन गरेको छ ।

अन्य गतिविधि

धितोपत्र बेर्डले घलेम्दी हाइड्रोपावरलाइ साधारण शेयर बिक्रि गर्न स्वीकृति दिएको छ ।

 त्यस्तै सूर्य लाइफ इन्सुरेन्सलाइ पनि ७० प्रतिशत हकप्रद बिक्री गर्न स्वीकृति दिएको छ । ग्रिन लाइफ हाइड्रोपावर कम्पनी, शुभम पावर कम्पनी, रुरु जलविद्युत परियोजना, माउन्टेन हाइड्रो, युनियन हाइड्रोपावर, स्वाभिमान लघुवित्त, जनसेवी लघुवित्त, आशा लघुवित्त, स्पर्श लघुवित्त, भैरवकुण्ड हाइड्रोपावरले साधारण शेयर जारी गर्न अनुमति मागेका छन् । 

बरुण हाइड्रोपावर, सिर्जना फाइनान्स, मिथिला लघुवित्त, उन्नति लघुवित्त, नेपाल इन्सुरेन्स र मल्टिपर्पोज फाइनान्सले पनि हकप्रद जारी गर्न अनुमति मागेका छन् ।

मल्टीपर्पोज फाइनान्सले ८ सय ६५ प्रतिशत हकप्रद जारी गर्न अनुमति मागेको छ । सम्भवत अहिलेसमको धेरै अनुपातमा मागिएको हकप्रद यहि होला ।
ओरियन्टल होटल्स, गरिमा बिकास बैंक र स्वरोजगार लघुवित्तले आर्थिक वर्ष २०७४-७५ को बोनस शेयर दर्ता गराएका छन ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया