आईपीएल क्रिकेटमा हैदराबादको लगातार तेस्रो हार, कोलकाता ८० रनले विजयी

 चैत २२, २०८१ शुक्रबार ६:८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लगातार तेस्रो हार बेहोरेको छ । हिजोको खेलमा कोलकाता नाइट राइडर्सले हैदराबादलाई ८० रनले पराजित गरेको हो ।

कोलकाताको भने यो दोस्रो जीत हो । कोलकाताले दिएको २०१ रनको लक्ष्य पछ्याएको हैदराबादले १६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १२० रन बनाउन सक्यो ।

हैदराबादका हेनरिक क्यालसेनले सर्वाधिक ३३ रन बनाए । कामिन्दु मेन्डिसले २७ रन जोडे । कोलकाताका वैभव अरोरा र वरुण चक्रवर्तीले समान तीन विकेट लिए ।

त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो ।

कोलकाताका भेंन्कटेश अय्यरले सर्वाधिक ६० रन बनाए । अंगकृश रघुंवशीले ५० रन जोडे । हैदराबादका मोहम्मद शामी, प्याट कमिन्स, जिशन अन्सारी, हर्षल पटेल र कामिन्दु मेन्डिसले समान एक विकेट लिए ।

जीतसँगै कोलकाताले चार खेलबाट चार अङ्क पुर्‍याएर तालिकाको पाचौं स्थानमा उक्लिएको छ । समान खेलमा दुई अङ्क रहेको हैदरावाद पुछारमा छ ।

आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् । 

अन्तिम अपडेट: असार ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया