गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयो

 चैत २२, २०८१ शुक्रबार ६:३३:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ ।

तुफाह जिल्लामा रहेको दार अल–अरकाम विद्यालयमा आक्रमण हुँदा अरु २४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

आक्रमण भएको विद्यालयमा विस्थापित परिवारहरूको आश्रयस्थल रहेको विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले विद्यालयलाई लक्षित नगरेको भन्दै हमासको निर्देशनमा सञ्चालित प्रमुख विद्रोहीहरुलाई आक्रमण गरेको दाबी गरेको छ ।

इजरायल रक्षा बलका अनुसार आक्रमण गरिएको ठाउँमा हमास लडाकूहरूले इजरायली नागरिक र सेनाहरूविरुद्ध आक्रमणको योजना बनाउन प्रयोग गरिरहेका थिए ।

हमासको स्वास्थ्य मन्त्रालयले २४ घण्टामा इजरायली आक्रमणमा थप ९७ जनाको ज्यान गएको बताएको छ ।

इजरायलले प्यालेस्टिनी क्षेत्रको ठूलो भाग नियन्त्रण गर्न लगातार आक्रमण गरिरहेको हमासले आरोप लगाएको छ । 

अन्तिम अपडेट: असार २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया