दाउन्नेमा पर्सि २७ गतेदेखि दैनिक चार घण्टासम्म सडक बन्द हुने

 चैत २५, २०८१ सोमबार ९:१०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा पर्सि २७ गतेदेखि यातायात बन्द गरेर काम हुने भएको छ ।

चैत २७ गतेदेखि ३१ चैतसम्म दिनको ११ बजेदेखि ३ बजेसम्म र वैशाख १ गतेदेखि १५ वैशाखसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी रोक्ने निर्णय भएको हो । सडक विभागको आयोजना निर्देशनालयले गाडी बन्द हुने समयमा रोक्ने ठाउँसमेत सार्वजनिक गरेको छ ।

आयोजनाका अनुसार नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक गाडी होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डसम्म रोक्न पाइने छ । मालबाहक गाडीलाई चोरमारा–अरुणखोला खण्डमा रोक्नको लागि ठाउँ छुट्याइएको छ ।

त्यस्तै बुटवलबाट नारायणघाटतर्फ जाने यात्रुवाहक गाडी चिसापानी–बर्दघाट र मालबाहक गाडी ज्यामिरे–हकुई खण्डमा रोक्न सकिने आयोजनाले जनाएको छ । गाडी रोक्दा र चलाउँदा कडाइसाथ आफ्नो लेन अनुशासन कायम राख्न र ओभरटेक नगर्न समेत आयोजनाले आग्रह गरेको छ ।


 

अन्तिम अपडेट: चैत २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया