दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकक...
बैशाख १२, २०८१ बुधबार
नेपालकी श्रृङ्खला खतिवडा चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ को अर्काे उपाधि मिस वर्ल्ड एसियाज २०१८ मा छानिन नसक्दा अन्तिम १२ बाट अगाडि बढ्न सकिनन् ।
अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड अाेसियानिया २०१८ काे उपाधि जित्नु जरुरी थियाे तर त्याे उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाकाे उपाधि यात्रामा विराम लागेकाे हाे ।
अन्तिम ५ मा पुग्न नसके पनि उनले मल्टिमिडिया र ब्यूटी विद् अ पर्पस अवार्ड जितेर भने धेरैको मन जित्न सफल भएकी थिइन् । ब्यूटी विद् अ पर्पस जितेपछि प्रतिक्रिया दिँदै उनले त्याे अवार्ड जित्नु मिस वर्ल्डकाे ताज जितेसरह भएकाे बताएकी थिइन् ।
अन्तिम ५ मा थाइल्याण्ड, युगाण्डा, मेक्सिकाे, बेलारुस र जमैका छानिएका थिए ।