प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
महोत्तरी – महोत्तरीका सामुदायिक विद्यालयमा कार्यरत बालविकास तहका शिक्षिकाहरुले रकम ठगी गर्ने एकजनाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
तालिम दिलाउने नाममा महोत्तरीका दुई दर्जनभन्दा बढी महिला शिक्षिकासँग रकम ठगी गरेर फरार रहेका सर्लाही हरिपुर नगरपालिका १ का ३१ वर्षका वीरेन्द्रकुमार चौधरीविरुद्धमा शनिबार इलाका प्रहरी कार्यालय गौशालामा सामूहिक रुपमा उजुरी दर्ता गरेका हुन् ।
चौधरीले गौशाला नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत बालविकास सहयोगी शिक्षिकालाई तालिम दिलाउने नाममा जनही दुई हजार तीन सयका दरले रकम असुली गरेकोले फिर्ताको माग गर्दै उजुरी दिएका छन् । चौधरीकाविरुद्ध १५ जना शिक्षिकाले सामूहिक रुपमा उजुरी दिएका हुन् ।
शिक्षिका उषा पासवानले दिएको जानकारी अनुसार तालिम दिलाउने नाममा रकम लिएका चौधरी एकाएक सम्पर्कबिहीन बनेको थिए । उजुरी परेपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको छ । चौधरीविरुद्धविरुद्ध अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।