ए डिभिजन लिगमा तीन खेल : काे–काेसँग खेल्दैछन् ?

 मंसिर २३, २०७५ आइतबार ७:२७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत अाइतबार ३ वटा खेल हुने भएका छन् ।  सातदोबाटोमा २ वटा र एपीएफ मैदान हलचोकमा एउटा खेल हुने छ । एन्फा मैदान सातदोबाटोमा अाइतबार बिहान ११ बजे हुने खेलमा बिभागीय क्लब एपीएफ र सरस्वती युवा क्लब भिड्नेछन् । 

जारी सिजनमा एपीएफले अहिलेसम्म २ खेलमा जित र एक खेलमा बराबरी गर्दै ७ अंक जोडेको छ । यसैगरी सरस्वती क्लबले पनि अहिलेसम्म २ खेल मात्र जित्न सफल भएको छ । जारी सिजनमा दुवै टिमले राम्रो प्रदर्शन गर्न नसकिरहेका बेला आइतबार दुवै टिम स्पष्ट तीन अंकको खोजिमा हुने छन् ।

दिउँसो साढे २ बजे एन्फा मैदानमा थ्री स्टार र जावलाखेल युथ क्लब भिड्नेछन् । जारी सिजनमा थ्री स्टारले ६ मध्य ५ खेल जित्दा एउटा खेलमा पराजित भएको थियो । १५ अंक जोडेर तेस्रो स्थानमा रहेको थ्री स्टार आज विजयी भए शीर्ष स्थानको मनाङलाई गोल अन्तरका आधारमा पछि पार्ने छ । जावलाखेल ४ अंकसहित तालिकाको ११औं स्थानमा रहेको छ।

आइतबार नै दिउँसो साढे २ बजे एपीएफ मैदान हलचोकमा च्यासल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्नेछन् । ७ अंक जोडेको च्यासल सातौं स्थानमा रहँदा ५ अंक जोडेको फ्रेण्ड्स १०औं स्थानमा छ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया