ठेकेदारको लापरबाहीले स्थानीयले बिजुली बाल्न पाएनन्

 मंसिर २३, २०७५ आइतबार १७:५०:५६ | माधवकुमार ओली
unn.prixa.net

फाइल तस्बिर

रोल्पा – ठेकेदारको लापरबाहीका कारण रोल्पाको रोल्पा नगरपालिका–५, बाजाबाङ र कोछापका स्थानीयले लामो समयदेखि बिजुली बाल्न पाएका छैनन् ।

गाउँमा विद्युत विस्तारको जिम्मा पाएका ठेकेदारले काम सम्पन्न नगरी बीचैमा अलपत्र पारेपछि त्यस गाउँका स्थानीयले ६ महिनाअघिदेखि बिजुली बाल्ने आशमा घरमा वायरिङ गरेर अध्यारोमा बस्न बाध्य भएका छन् ।

गाउँमा विद्युतको पोल गाडेर तार समेत झुण्डाइएको भए पनि ट्रान्सफर्मर जडान नहुँदा स्थानीयले बिजुली बाल्न सकेका छैनन् । छिटो काम सक्न सम्बन्धित निकायमा आग्रह गर्दा पनि दसैँमा हुन्छ, तिहारमा हुन्छ, भन्दै अहिलेसम्म पनि कुनै वास्ता नगरेको स्थानीय बलभद्र महराले गुनासो गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया