चन्द्रमामा अन्तरिक्ष यानको टायर पङ्चर हुने समस्याले वैज्ञानिकहरु...
जेठ ३, २०८२ शनिबार
काठमाण्डौ – उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइनको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरले आज २७ औं वार्षिकोत्सव मनाउँदैछ ।
२०५५ साल वैशाख १६ गते स्थापना भएको कम्यूनिकेसन कर्नरले रेडियो तालिम र रेडियो कार्यक्रम सञ्चालन गर्नुका साथै २०५८ सालदेखि रेडियो नेटवर्कबाट बिहानी समाचार पत्रिका कायाकैरन शुरू गरेको थियो ।
संस्थाले २०६३ सालदेखि देशव्यापी स्याटलाईट रेडियो, काठमाण्डौमा उज्यालो एफएम ९० मेगाहर्ज र २०६८ सालदेखि ‘उज्यालो अनलाइन डटकम’ सञ्चालन गर्दै आएको छ ।
कम्यूनिकेसन कर्नर स्थापना भएको २७ वर्षसँगै नेपालमा स्वतन्त्र रेडियोहरुको यात्रा पनि तीन दशक पुग्न लागेको छ । पछिल्लो समय रेडियोसँगै टेलिभिजन, पत्रपत्रिका र अनलाइनमा सङ्कट देखिन थालेको छ ।
रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइनभन्दा न्यू मिडिया र सामाजिक सञ्जाल अगाडि देखिन थालेका छन् । तर नयाँ माध्यमप्रति विश्वसनियताको कमी छ ।
मूलधार भनिने आमसञ्चारका माध्यममा सङ्कट देखिँदा अनि नयाँ र वैकल्पिक माध्यमले विश्वसनियता देखाउन नसक्दा सही र कामलाग्दा सूचना प्रवाहमै समस्या देखिएको सञ्चार क्षेत्रका विज्ञहरु बताउँछन् ।
२७औं वार्षिकोत्सवको अवसरमा कम्यूनिकेसन कर्नरले स्रोता, पाठक, सहकर्मी रेडियो स्टेशन, साझेदार सङ्घसंस्था, विज्ञापनदाता र शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दै सत्यतथ्य, निष्पक्ष र काम लाग्दा खबर तथा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।