चन्द्रमामा अन्तरिक्ष यानको टायर पङ्चर हुने समस्याले वैज्ञानिकहरु...
जेठ ३, २०८२ शनिबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटले हराएको छ ।
गएराति भएको खेलमा गुजरातले जीतका लागि दिएको दुई सय १० रनको लक्ष्य राजस्थानले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर भेट्टायो ।
उसका १४ वर्षीय खेलाडी वैभव सूर्यवंशीले ३८ बलमा एक सय एक रन बनाए । उनले ३५ बलमा शतक पूरा गरे । उनी आईपीएल क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
अर्का ओपनर यशस्वी जैसवालले अविजित ७० रन जोडे । कप्तान रियान पराग ३२ रनमा अविजित रहे । गुजरातका प्रसिद्ध कृष्णा र राशिद खानले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर दुई सय ९ रन बनाएको थियो । उसका कप्तान शुभमन गिलले सर्वाधिक ८४ रन बनाए । जोस बटलर ५० रनमा अविजित रहे ।
राजस्थानका महिश थिक्सानाले दुई तथा जोफ्रा आर्चर र सन्दीप शर्माले एक/एक विकेट लिए । जीतसँगै राजस्थान १० खेलमा ६ अङ्कसहित आठौं स्थानमा छ । गुजरात ९ खेलमा १२ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे दिल्लीमा शुरू हुनेछ ।
दिल्ली ९ खेलमा १२ अङ्कका साथ तालिकाको चौथो र कोलकाता समान ९ खेलमा ७ अङ्कसहित सातौं स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।