चन्द्रमामा अन्तरिक्ष यानको टायर पङ्चर हुने समस्याले वैज्ञानिकहरु...
जेठ ३, २०८२ शनिबार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिनको लागि अस्थायी युद्धविरामको घोषणा गर्नु भएको छ । रुसका अनुसार यो युद्धविराम आउँदो ‘मे’ ८ तारिखदेखि शुरू हुनेछ र ‘मे’ ११ सम्म रहनेछ ।
पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसका अवसर पारेर कम्तीमा ७२ घण्टाका लागि अस्थायी युद्धविरामको घोषणा गर्नुभएको हो ।
युक्रेनले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोलाई उदधृत गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै, युद्धविराम उल्लङ्घनका घटना भएमा जवाफ दिन तयार रहेको पनि रुसी प्रशासनिक केन्द्रले जनाएको छ ।
पुटिनले इस्टरको अवसरमा यसअघि पनि अस्थायी युद्धविरामको घोषणा गर्नुभएको थियो । तर त्यसबेला एकअर्काविरुद्ध आक्रमण भएको दुवै पक्षले आरोप लगाएका थिए ।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमा पूर्ण स्तरको आक्रमण शुरू गरेयता रुसले युक्रेनका चार वटा क्षेत्रको ठूलो हिस्सा कब्जा गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।