कोशीको एक–दुई ठाउँमा वर्षा : आजदेखि मौसममा सामान्य सुधार हुने

 वैशाख १६, २०८२ मंगलबार ७:६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – अहिले कोशी प्रदेशकाे एक–दुई ठाउँमा पानी परीरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली छ ।

ती क्षेत्रका थोरै ठाउँ तथा बाँकी भागका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

मौसमविद् गोविन्द झाका अनुसार आज पनि काठमाण्डौ उपत्यकामा दिउँसोपछि हल्का वर्षाको सम्भावना छ ।

अस्तिदेखि सक्रिय भएको प्रि–मनसुनी प्रणालीको प्रभाव रहेको छ । मौसममा आजदेखि सामान्य सुधार हुने अनुमान छ ।

अन्तिम अपडेट: जेठ ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया