विद्युत आपूर्तिमा अवरोधपछि स्पेन र पोर्चुगलमा आपतकाल घोषणा

 वैशाख १६, २०८२ मंगलबार १०:२:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

स्पेन र पोर्चुगलमा विद्युत आपूर्तिमा अवरोधपछि आपतकाल घोषणा गरिएको छ । यी दुई देशमा हिजोदेखि नै विद्युत आपूर्ति अवरुद्ध छ ।

बिजुलीको अभावमा मोबाइल फोन सेवा, इन्टरनेट नेटवर्क, रेल तथा हवाई सेवासहित विभिन्न क्षेत्रमा समस्या आएको छ । जसले दुवै देशहरूलाई आपतकालीन अवस्थाको घोषणा गर्न बाध्य बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत सञ्जाल सञ्चालकको मुख्यालय पुगेर समस्याको जानकारीसमेत लिनुभएको छ ।

त्यस्तै पोर्चुगलको विद्युत प्रदायक संस्था आरईएनले दिएको जानकारीअनुसार इबेरियन प्रायद्वीपका सबै क्षेत्र विद्युत अवरूद्ध हुँदा प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ । विद्युत अवरोधमा साइबर आक्रमणबारेको कुनै सङ्केत नभेटिएको ईयूले जनाएको छ ।

स्पेन र पोर्चुगलमा व्यापक विद्युत अवरोधपछि त्यहाँ साइबर आक्रमण भएको भन्ने अनुमान गरिएको थियो । तर युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले अहिलेसम्म साइबर आक्रमणको कुनै सङ्केत नभेटिएको बताउनुभएको छ ।बिजुली आपूर्तिका लागि निरन्तर प्रयास भइरहेको खबरमा उल्लेख छ ।  

अन्तिम अपडेट: जेठ २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया