आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

 वैशाख १९, २०८२ शुक्रबार १२:१५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको प्रचारप्रसार, समावेशी प्रयोग र डिजिटल सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्षको ‘मे’ २ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष ‘सूचना प्रविधिको अभियानः डिजिटल नेपालको निर्माण’ भन्ने नारासहित गोष्ठी, सेमिनार, प्रविधि प्रदर्शनी तथा सम्मान कार्यक्रमहरू हुँदैछन् । सरकार प्रत्यक्ष संलग्न भएर आईसीटी दिवस मनाउन थालेको आठ वर्ष भए पनि यसको शुरूवात निजी क्षेत्रको पहलबाट भएको थियो ।

तत्कालीन कम्प्युटर एसोसिएसन नेपाल अहिलेको क्यान महासङ्घले सन् २०११ देखि नै ‘मे’ २ तारिखलाई आईसीटी दिवसको रूपमा मनाउन शुरू गरेको थियो । ‘मे’ महिनामा नेपालमा पहिलो मेनफ्रेम कम्प्युटर भित्रिएको, राष्ट्रिय कम्प्युटर केन्द्र स्थापना भएको तथा अन्य शुरूवाती काम भएको भन्दै क्यानले यो दिवस मनाउन शुरू गरेको थियो ।

यो दिवसलाई नेपाल सरकारले २०७४ साल वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रिय दिवसको मान्यता दिएको हो । यो दिवस नेपाली समाजको डिजिटल रूपान्तरणमा सूचना तथा सञ्चार प्रविधिले खेलेको महत्त्वपूर्ण भूमिकालाई स्मरण गर्ने अवसर भएको विज्ञहरु बताउँछन् । 

अन्तिम अपडेट: जेठ ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया