चन्द्रमामा अन्तरिक्ष यानको टायर पङ्चर हुने समस्याले वैज्ञानिकहरु...
जेठ ३, २०८२ शनिबार
काठमाण्डौ – सामाजिक सञ्जाल एप टिकटकले नेपालमा किशोर–किशोरीको सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ सेवा शुरु गरेको छ । यो सेवामार्फत अभिभावकले आफ्ना छोराछोरीको टिकटक खाता आफ्नो खातासँग जोडेर उनीहरूको डिजिटल गतिविधिमा नियन्त्रण राख्न सक्ने छन् ।
टिकटकका अनुसार सेवाको उद्देश्य जिम्मेवार र सुरक्षित अनलाइन बनाउनु हो । ‘फ्यामिली पेयरिङ’ सुविधामार्फत अभिभावकहरूले आफ्ना बालबालिकाको दैनिक ‘स्क्रिन’ समय सीमित गर्न, सन्देश पठाउन वा ‘कमेन्ट’ गर्न नपाउने बनाउन, उमेरअनुसारको मात्रै विषयवस्तु देखिने बनाउन, खाता खोज्न मिल्ने/नमिल्ने बनाउने तथा सर्च सेटिङ नियन्त्रण गर्न सक्ने सुविधा प्राप्त हुने कम्पनीले जानकारी दिएको छ ।
यो सेवा शुरु गर्नका लागि टिकटकको ‘सेटिङ्स एण्ड प्राइभेसी’ मेनुमा गई क्यूआर कोड स्क्यान गरेर अभिभावक र किशोर प्रयोगकर्ताको खाता आपसमा लिङ्क गर्नुपर्छ । एकपटक जोडिएपछि, अभिभावकहरूले आफ्ना छोराछोरीको मोबाइल नछोइकनै आफ्नै फोनबाट सुरक्षासम्बन्धी सेटिङहरू व्यवस्थापन गर्न सक्नेछन् ।
टिकटकका दक्षिण एशिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले समाजको सुरक्षा प्रमुख प्राथमिकता रहेकाले विशेष गरी किशोर प्रयोगकर्ताको हकमा फ्यामिली पेयरिङ सुविधा नेपालका लागि उपयुक्त हुने अपेक्षा राखेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।