धरहराबाट झन्डै ५ कराेड रुपैयाँ राजस्व सङ्कलन
असार २७, २०८२ शुक्रबार
काठमाण्डौ – आज विश्व हात स्वच्छता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हात सफा राख्न मानिसहरूलाई सचेत गराउन हरेक वर्ष ‘मे’ ५ मा विश्व हात स्वच्छता दिवस मनाउने गरिएको छ ।
सन् २००९ मा शुरू भएको ‘क्लिन योर ह्यान्ड्स’ विश्वव्यापी अभियानलाई हरेक वर्ष ‘मे’ ५ लाई विश्व हात स्वच्छता दिवसका रूपमा मनाइन्छ ।
यो दिवसको उद्देश्य स्वास्थ्य सेवामा हात स्वच्छताको विश्वव्यापी प्रवर्द्धन, दृश्यता र दिगोपन कायम राख्नुका साथै विश्वभर हात सरसफाइ सुधारको समर्थनमा ‘मानिसहरूलाई एकसाथ ल्याउन’ भन्ने रहेको छ ।
विज्ञहरुका अनुसार कम्तीमा २० सेकेन्डसम्म पानी र साबुनले हात धुनुपर्छ । विशेषगरी शौचालय प्रयोग गरिसकेपछि, खाना खानु अघि, हाछ्युँ गर्दा वा खोक्दा वा हात फोहोर हुँदा हात धुन जरूरी हुन्छ ।
पानीसम्बन्धी रोगहरू र हातको सरसफाइको कमीका कारण हरेक वर्ष विश्वभर ४४ करोड ३० लाख विद्यार्थीको विद्यालय छुट्ने गरेको वाटरएडको तथ्याङ्क छ ।
यस्तै युनिसेफका अनुसार हात सफा राख्दा झाडापाखालाबाट ज्यान गुमाउने बालबालिकाहरुको सङ्ख्या ४० प्रतिशतले घटाउन सकिन्छ र ग्यास्ट्रोइन्टेस्टाइनल समस्या भएका मानिसहरूको सङ्ख्यामा २९ देखि ५७ प्रतिशतसम्म कमी ल्याउन सकिन्छ । साथै कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूको सङ्ख्या घटाउन मद्दत गर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।