रोमानियामा राष्ट्रपतिका लागि भएको पहिलो चरणको चुनावमा साइमन विजयी

 वैशाख २२, २०८२ सोमबार ९:४६:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रोमानियामा राष्ट्रपति पदका लागि भएको पहिलो चरणको चुनावमा राष्ट्रवादी जर्ज साइमनले जित्नुभएको छ । पहिलो चरणमा ४० प्रतिशत मत पाउने उहाँ दोस्रो कार्यकालका लागि प्रस्ट दाबेदार हुनुहुन्छ ।

बुखारेस्टका लिबरल पार्टीका मेयर निस्र डान सरकार र गठबन्धनका उम्मेदवार क्रिन एन्टेनकउसले समान २१ प्रतिशत मत पाउनुभएको बीबीसीले जनाएको छ ।

हिजो भएको चुनावपछि साइमनले सबैलाई धन्यवाद दिँदै यो परिणामलाई विश्वास र एकबद्धताको प्रतीकको रूपमा लिएको बताउनुभयो ।

साइमन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक हुनुहुन्छ । उहाँले आफू राष्ट्रपति भएमा नाटोको उपस्थिति बलियो हुने बताउनुभएको छ ।

रोमानियाको यो चुनावलाई युरोपेली युनियन, अमेरिका, युक्रेन र रुसमा चासो पूर्वक हेरिएको थियो । युक्रेनमा जाने धेरै हतियारको ट्रान्जिट रोमानिया हो । रोमानियामा अमेरिकी मिसाइल सिल्ड छ । साथै नाटोका विमान युक्रेनको सीमा, माल्डोभा र ब्ल्याक सीमा जाने विमान उड्ने तीन एअरबेस छन् ।

यसैबीच ६ महिनाअघि रोमानियामा भएको चुनाव  विवादमा सकिएको थियो । त्यतिबेला कालिन अजेउस्काउले आश्चर्यजनक रूपमा सफलता पाउनुभएको थियो तर चुनाव परिणामलाई रुसी हस्तक्षेप र धाँधली भन्दै अस्वीकार गरिएको थियो । 

अन्तिम अपडेट: असार २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया