धरहराबाट झन्डै ५ कराेड रुपैयाँ राजस्व सङ्कलन
असार २७, २०८२ शुक्रबार
काठमाण्डौ – ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
गएराति बा १५ च ७६५२ नम्बरको कार दुर्घटना हुँदा कारमा रहेका विशाल बिक, अमरध्वज पौडेल र मुसेस लामिछाने घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते सबैको पाटन अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरी परिसरका एसपी चक्रराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कारमा चालकसहित चार जना थिए । कार चालक रुपक सापकोटा भने सामान्य घाइते भएका छन् । उनले रक्सी खाएर गाडी चलाएको पाइएकोले प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
कारको ठक्करबाट सडकमा रहेको बिजुलीको पोल भाँचिएको छ । प्रहरीका अनुसार ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल सडकको बीच भागमा रहेकाले दुर्घटना भएको ठाउँमा गाडी आवागमन बन्द गरिएको छ । त्यस क्षेत्रमा आवतजावत गर्नेलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
ललितपुर महानगरपालिकाका नगर प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरी र विद्युत् प्राधिकरणका प्राविधिकहरुसमेतको सहयोगमा पोल हटाउने प्रयास भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।