धरहराबाट झन्डै ५ कराेड रुपैयाँ राजस्व सङ्कलन
असार २७, २०८२ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी चलचित्रहरूमा पनि कर लगाउने घोषणा गर्नुभएको छ । उहाँले विदेशी चलचित्रहरूमा सय प्रतिशत कर लगाउने बताउनुभएको हो ।
ट्रम्पले विदेशी चलचित्रहरूमा कर लगाउने प्रक्रिया शुरू गर्न वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई अधिकार दिइरहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
उहाँले अमेरिकाको चलचित्र उद्योगलाई डुबाउन अन्य देशहरूले अमेरिकाका चलचित्र निर्माता र स्टुडियोहरूलाई प्रोत्साहन गरिरहेका आरोपसमेत लगाउनुभएको छ ।
यसका लागि अन्य देशहरूले सङ्गठित प्रयास गरिरहेकाले राष्ट्रिय सुरक्षाका लागि खतरा भएको उहाँको भनाइ छ । यद्यपि अमेरिकामा चलचित्रहरू बनोस् भन्ने आफ्नो चाहना रहेको ट्रम्पले उल्लेख गर्नुभएको छ ।
गएको जनवरीमा आफ्नो दोस्रो कार्यकाल शुरू भएदेखि नै ट्रम्पले अमेरिकी उत्पादकहरूलाई प्रोत्साहन दिने र रोजगारी बचाउने भन्दै विश्वभरका देशहरूमा कर लगाइरहनुभएको छ । तर उहाँको कर नीतिले विश्व अर्थतन्त्रमा उथलपुथल निम्त्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।