दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमाअन्तर्गतका सेवा कटौती

 वैशाख २२, २०८२ सोमबार १२:४६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमाअन्तर्गतका सेवा कटौती गरेको छ । प्रतिष्ठानले आर्थिक सङ्कट परेको भन्दै स्वास्थ्य बीमाअन्तर्गतका सेवा कटौती गरेको जनाएको छ  ।

राष्ट्रिय बीमा बोर्डबाट रकम नपाउँदा आर्थिक सङ्कटमा परेको प्रतिष्ठानले आउँदो जेठ १ गतेदेखि लागू हुने गरी बीमितहरूलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रिया बाहेकका सेवा स्थगित गरेको सूचना निकालेर जानकारी दिएको छ ।

यसैगरी तीन महिनाको निमित्त उपलब्ध गराइने औषधि एक महिनाका लागि मात्र उपलब्ध हुने पनि सूचनामा उल्लेख छ ।

बीमा सेवाअन्तर्गतका विभिन्न प्रयोगशाला परीक्षण सेवा पनि सीमित गरिएको छ । प्रतिष्ठानका अनुसार छातीको एक्सरे, ईसीजी, एचआईभी, ब्लड ग्रुप लगायतका १२ प्रकारका प्रयोगशाला परीक्षण हुनेछ । 

अन्तिम अपडेट: असार २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया