काश्मीर आक्रमणपछि भारतसँगको तनावमा मध्यस्थता गर्न इरानका शीर्ष कूटनीतिज्ञ पाकिस्तानमा

 वैशाख २२, २०८२ सोमबार १२:५५:३० | एजेन्सी
unn.prixa.net

तस्वीर : एपी

गएको महिना काश्मीरको भारतीय नियन्त्रित भाग पहलगाममा पर्यटकहरूमाथि भएको आतङ्कवादी आक्रमणपछि इस्लामाबाद र नयाँ दिल्लीबीचको तनावमा मध्यस्थता गर्ने प्रयास गर्न इरानका विदेशमन्त्री पाकिस्तान पुग्नुभएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीको भ्रमण विवादित काश्मीर क्षेत्रमा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि तनाव बढेदेखि कुनै पनि विदेशी प्रतिष्ठित व्यक्तिको पहिलो भ्रमण रहेको पाकिस्तानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै एपीले जनाएको छ । यो भ्रमण इरानले आणविक सशस्त्र छिमेकीहरूबीचको तनाव कम गर्न मद्दत गर्ने प्रस्ताव गरेको केही दिनपछि भएको हो ।

इस्लामाबाद नजिकैको विमानस्थलमा अवतरण गरेपछि वरिष्ठ पाकिस्तानी अधिकारीहरूले अराघचीलाई स्वागत गरेका थिए । उहाँले आफ्ना पाकिस्तानी समकक्षी इशाक डार, राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शाहबाज शरिफलाई भेट्ने मन्त्रालयले जनाएको छ ।

पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले पहलगाममा भएको आक्रमणको प्रतिक्रियामा भारतले पाकिस्तानमा आक्रमण गर्नसक्ने विश्वसनीय खुफिया जानकारी इस्लामाबादसँग रहेको बताएपछि गएको हप्तादेखि पाकिस्तानी सशस्त्र सेना उच्च सतर्कतामा रहेको छ ।

पाकिस्तानले आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ र विश्वसनीय अन्तर्राष्ट्रिय अनुसन्धान गर्न प्रस्ताव गरेको छ । भारतले अहिलेसम्म यो प्रस्ताव स्वीकार गरेको छैन ।

अमेरिकाका अधिकारीहरूसहित धेरै विश्व नेताले दुवै पक्षलाई संयम अपनाउन र थप तनावबाट बच्न आग्रह गरेका छन् ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया