धरहराबाट झन्डै ५ कराेड रुपैयाँ राजस्व सङ्कलन
असार २७, २०८२ शुक्रबार
काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज नेपालको खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगिता मे ९ देखि २० तारिखसम्म थाइल्यान्डमा हुनेछ । प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र यूएई छन् । यी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।
समूह ‘सी’ मा नेपाल, हङकङ र बहराइनसँग छ । नेपालले पहिलो खेल मे ९ मा हङकङसँग मे १० मा बहराइनसँग र मे १३ मा हङकङसँग पुनः खेल्नेछ । मे १५ मा बहराइनसँग अर्को खेल खेल्दै नेपालले लिग चरण सकाउने छ । हरेक समूहको विजेताले फाइनल राउन्ड खेल्नेछन् ।
अहिले भारतमा तयारी गरिरहेको नपाली महिला क्रिकेट टोली उतैबाट थाइल्यान्ड प्रस्थान गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।