वैदेशिक सहायता प्रतिबद्धता बढे पनि खर्च गर्ने क्रम न्यून

 वैशाख २२, २०८२ सोमबार १५:७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – सरकारले बजेट बनाउँदा वैदेशिक सहायतालाई महत्त्वपूर्ण अधार माने पनि त्यस्तो सहायता परिचालनमा समस्या रहेको जनाएको छ ।

आयोजना कार्यान्वयनको पूर्वतयारी पूरा नभई वैदेशिक सहायतासम्बन्धी सम्झौता हुने तर कार्यान्वयनका क्रममा समस्या आउने गरेको विकास सहायता नीति २०८२ मा उल्लेख छ । तोकिएको समय र लागतमा आयोजना पूरा हुन नसक्ने, खरिद प्रक्रिया तथा ठेक्का व्यवस्थापनमा देखिएका समस्या र अन्तरनिकाय समन्वयको कमीका कारणले वैदेशिक सहायता परिचालनमा समस्या हुने गरेको छ ।

त्यस्तै प्रदेशिक सहायतामा सञ्चालित सबैजसो आयोजनाहरू शोधभर्नामा आधारित भएकाले कार्य प्रगति र त्यसको आधारमा भएको खर्च समयमा शोधभर्ना माग नहुने, माग भएको शोधभर्ना बाँकी रकम प्राप्त भए/नभएको सम्बन्धमा प्रभावकारी अनुगमन र नियमन नहुने कारण सरकारको नगद प्रवाहमा चाप पर्न गएको, सहायता परिचालनमा हुने खण्डीकरणलाई अझै देखिने गरी सुधार गर्न नसकिएको विकास सहायता नीतिमा भनिएको छ ।

चालू आर्थिक वर्षको फागुनसम्म गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा वैदेशिक सहायता प्रतिबद्धता बढेको छ । तर प्रतिबद्धता बढे पनि अनेकौं कारण देखाउँदै सरकारले खर्च गर्न सकेको छैन । सहायता प्रतिबद्धानुसार प्राप्त नहुने वा खर्च गर्न नसक्ने समस्या कम गर्न यसपालिदेखि आयोजनामा आधारित वैदेशिक सहायतालाई मात्रै स्वीकार्ने नीति लिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: साउन २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया