नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

 वैशाख २२, २०८२ सोमबार १५:२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – प्रतिनिधिसभामा आउँदो आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गएको शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि छलफल शुरू भएको हो ।

नीति तथा कार्यक्रममाथि धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको टिप्पणी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम सच्याउन आग्रह पनि गर्नुभएको छ ।

गएको वर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक छलफल र बहस गरेर अन्तिम रूप दिन खोजिएको भए पनि यस वर्ष सरकारले त्यो प्रक्रिया भत्काएको अध्यक्ष प्रचण्डले जिकिर गर्नुभयाे । सांसदहरूको सुझाव समेटिएर परिमार्जन भई त्यहीअनुरूप बजेटमा प्रतिविम्बित हुनसक्ने कुरामा सरकारले बेवास्ता गरेको उहाँको भनाइ छ ।

यस्तै अध्यक्ष प्रचण्डले सङ्घीयतालाई बलियो बनाउनेतर्फ नभई संसारमै असफल हुन लागेको नवउदारवादलाई सरकारले पछ्याइरहेको टिप्पणी गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रम जनआकाङ्क्षासँग मेल खाने खालको नभएको बताउनुभयो । अहिले सामाजिक सञ्जालमा चरम निराशा र आक्रोश रहेको भन्दै प्रचण्डले सरकारको नीति तथा कार्यक्रम आक्रोशलाई बढावा दिने खालको रहेको बताउनुभयो ।

राष्ट्रियसभामा भने नीति तथा कार्यक्रममाथिको छलफल हिजैदेखि शुरू भइसकेको छ ।

अन्तिम अपडेट: असार २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया