२३ वर्षमुनिको एशियन कप छनोटमा नेपाल ‘पट’ ४ मा

 वैशाख २३, २०८२ मंगलबार ६:५८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ –  एएफसी २३ वर्षमुनिको एशियन कप २०२६ छनोटमा नेपाल ‘पट’ ४ मा परेको छ । एशियन फुटबल महासङ्घ (एएफसी) ले हिजो सार्वजनिक गरेको ‘ड्र’ तालिकामा नेपाल ‘पट’मा ४ मा परेको हो ।

‘पट’ ४ मा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, मङ्गोलिया, गुआम, पाकिस्तान, मकाउ, ब्रुनाइ, भुटान र नर्थ मारिना आयरल्यान्ड छन् ।

भारत भने ‘पट’ ३ मा परेको छ । एएफसीका अनुसार ‘ड्र’ यही ‘मे’ २९ मा मलेसियाको क्वालालम्पुरमा रहेको एएफसी मुख्यालयमा स्थानीय समयअनुसार दिउँसो २ बजे हुने छ ।

यस छनोट प्रतियोगितामा ४४ वटा २३ वर्षमुनिका राष्ट्रिय टोली सहभागी हुनेछन् । ती टोलीलाई ११ समूहमा विभाजन गरिनेछ ।

छनोट खेलहरू सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन्। प्रत्येक समूहको शीर्ष टोली र चार उत्कृष्ट उपविजेता टोलीले २०२६ मा साउदी अरबमा आयोजना हुने प्रतियोगितामा स्थान बनाउनेछन् । आयोजक राष्ट्र साउदी  भने सीधै छनोट भइसकेको छ । 

अन्तिम अपडेट: असार ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया