आईपीएलमा ७ वटा टोली अझै प्लेअफको दौडमा

 वैशाख २३, २०८२ मंगलबार १४:२:३९ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको लिग चरणमा १५ वटा खेल बाँकी रहँदा प्लेअफमा पुग्न ७ वटा टोली अझै दौडमा रहेका छन् । अहिलेसम्म कुनै पनि टिमले शीर्ष ४ मा स्थान सुरक्षित गर्न सकेका छैनन् ।

लिग चरणको तालिकामा अहिले रोयल च्यालेन्जर्स बेङ्गलुरु ११ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा छ । प्लेअफमा पुग्न बेङ्गलुरुलाई अब एक जीत आवश्यक छ । बेङ्गलुरुले बाँकी रहेका ३ वटै खेल हारे पनि आफू अनुकूल नतिजा आउँदा प्लेअफमा छनोट हुनेछ ।

यस्तै पन्जाब किङ्ग्स ११ खेलमा १५ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । पन्जाबले प्लेअफमा स्थान पक्का गर्न बाँकी ३ मध्ये २ खेल जीते पुग्नेछ । पन्जाबको बाँकी ३ मध्ये २ वटा खेल शीर्ष ५ का टिमसँग रहेको हुँदा उसका लागि यो निकै महत्त्वपूर्ण छ ।

यस्तै मुम्बई इन्डियन्स ११ खेलमा १४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । मुम्बई प्रतियोगितामा सबैभन्दा राम्रो नेट रनरेट रहेको टोली हो । मुम्बई बाँकी ३ मध्ये २ खेल जितेमा प्लेअफमा पुग्नेछ ।

यस्तै गुजरात १० खेलमा १४ अङ्कसहित नेट रनरेटका आधारमा तालिकाको चौथो स्थानमा छ । गुजरातले प्लेअफको सम्भावना कायमै राख्न कम्तीमा १ जीत चाहिन्छ भने २ वटा जीतले प्लेअफमा स्थान पक्का हुनेछ ।

यस्तै दिल्ली क्यापिटल्स ११ खेलमा १३ अङ्कका साथ तालिकाको पाँचौं स्थानमा छ । अब दिल्लीले बाँकी ३ वटा खेल जितेमा प्लेअफमा स्थान पक्का हुनेछ ।

यस्तै कोलकाता नाइट राइडर्स ११ खेलमा ११ अङ्कसहित छैटौं स्थानमा छ । कोलकाता प्लेअफमा पुग्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ साथै अरू टोलीको नतिजा हेर्नुपर्ने अवस्था पनि आउन सक्छ ।

यस्तै लखनउ सुपर जायन्ट्स ११ खेलमा १० अङ्कसहित तालिकाको सातौं स्थानमा छ । प्लेअफमा पुग्न लखनउले बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ साथै अरू टोलीको आफू अनुकूल नतिजा आउनुपर्ने हुन्छ ।

यो संस्करणको आईपीएलबाट चेन्नई सुपर किङ्ग्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद प्लेअफ दाैडबाट बाहिरिइसकेका छन् ।

अन्तिम अपडेट: असार ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया