इरानको आकाशमाथि आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी
असार २, २०८२ सोमबार
काठमाण्डाै – उदयपुरको त्रियुगा खोलामा आएको बाढीले एउटा बस बगाएको छ । चौदण्डीगढी नगरपालिका–५ मा गएराति खोला तर्ने क्रममा बस फसेको थियो ।
आज बिहान खोलामा बाढी आउँदा को १ ख ४७५३ नम्बरको बस बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) केदार माङडोङले जानकारी दिनुभयो । बसलाई बाढीले फसेको ठाउँबाट केही परसम्म पुर्याएको थियो ।
बसमा चालक ईश्वर खत्री र सहचालक मात्रै थिए । उनीहरू बस फसेपछि राति नै निस्किएका हुँदा सुरक्षित रहेका प्रहरीले जनाएको छ ।
त्रियुगा खोलाको पुल भत्किएको हुँदा त्यहाँ डाइभर्सन बनाइएको थियो । बस हिजो सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा थियो ।
चौदण्डीगढी–६ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमा हरेक वर्ष नागरिकले सास्ती खेप्दै आएका छन् । त्रियुगा नदीमा बनेको पुल उद्घाटन नहुँदै भत्किएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।