नेपाली जुडो टोली भूटान प्रस्थान

 वैशाख २३, २०८२ मंगलबार १८:७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रथम दक्षिण एशियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली आज भूटानको थिम्पु प्रस्थान गरेको छ ।

भोलिदेखि आउँदो सोमवारसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्शल आट्र्स केन्द्र (एमएमएसी) का ४ पुरुष र २ महिला गरी ६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ४० केजीमुनि विसाज महर्जन र सदिन तामाङ, ५० केजीमुनि जुविन महर्जन तथा ३६ केजीमुनि साइमन तामाङले खेल्नेछन् । महिला ५७ केजीमुनि श्रष्टा नापित तथा ३६ केजीमुनि जेनिशा वाइबा सहभागी हुनेछन् ।

प्रशिक्षकमा योगन्द्र विष्ट, अफिसियलमा नवीन महर्जन, आईटी अफिसियलमा लखनराज थापा मगर र कुलबहादुर कुँवर तथा निर्णायकमा किरण गडेल रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यलगायतले एक कार्यक्रमका बीच बिदाइ गरे ।

प्रतियोगितामा नेपालसहित भारत, भूटान र बङ्गलादेशका ८ टिमको सहभागिता रहने एमएमएसीका मुख्य प्रशिक्षक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

अन्तिम अपडेट: असार ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया