आईपीएल क्रिकेटमा गुजरातले मुम्बईलाई ३ विकेटले हरायो

 वैशाख २४, २०८२ बुधबार ६:१७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई हराउँदै  शीर्ष स्थानमा उक्लिएको छ ।

वर्षाका कारण पटक–पटक प्रभावित भएको हिजोको खेलमा गुजरातले मुम्बईलाई ३ विकेटले पराजित गरेको हो ।

मुम्बईले गुजरातलाई १ सय ५६ रनको लक्ष्य दिएकामा पानी परेर खेल प्रभावित भएपछि डीएलएस मेथडका आधारमा गुजरातले १९ ओभरमा १ सय ४७ रनको लक्ष्य पाएको थियो । मुम्बईले दिएको लक्ष्य गुजरातले ७ विकेटको क्षतिमा पूरा गर्‍याे।

गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ४३ रन बनाए । जस बटलरले ३० र शेर्फान रदरफर्डले २८ रन रोडे । मुम्बईका जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र अश्वनी कुमारले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर गुजरातले मुम्बईलाई ब्याटिङको निम्तो दिएको थियो । मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनाएको थियो ।

यो खेलसँगै गुजरात ११ खेलमा ८ जीतसँगै १६ अङ्कका साथ शीर्ष स्थानमा उक्लेको छ । चौथो स्थानको मुम्बईको १२ खेलमा १४ अङ्क छ ।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । 

अन्तिम अपडेट: असार ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया