आईपीएल क्रिकेटमा आज कोलकाता र चेन्नई खेल्दै

 वैशाख २४, २०८२ बुधबार १०:३३:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे इडेन गार्डेनमा शुरू हुनेछ ।

कोलकाता ११ खेलमा ११ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । चेन्नई समान ११ खेलमा चार अङ्कसहित तालिकाको पुछारमा छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ ।

गएराति भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई तीन विकेटले हराउँदै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

जीतसँगै गुजरातको ११ खेलमा १६ अङ्क भएको छ । चौथो स्थानमा रहेको मुम्बईको १२ खेलमा १४ अङ्क रहेको छ ।

अन्तिम अपडेट: असार ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया