आईपीएल क्रिकेटमा कोलकाता चेन्नईसँग पराजित

 वैशाख २५, २०८२ बिहीबार ६:१४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको छ ।

हिजोको खेलमा लिगको पुछारमा रहेको चेन्नईसँग कोलकाता २ विकेटले हारेको हो । कोलकाताले दिएको १ सय ८० रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्‍याे ।

चेन्नईका डेवाल्ड ब्रेभिसले ५२ र शिवम दुबेले ४५ रन बनाए । कोलकाताका लागि वैभव अरोराले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । कप्तान अजिन्के राहनेले ४८ रन बनाए ।

यस्तै आन्द्रे रसलले र मनिष पाण्डेले ३६ रन जोडे । चेन्नईका नुर अहमदले ४ विकेट लिए ।

कोलकाता ११ अङ्कसहित लिग तालिकाको छैटौं स्थानमा छ । योसँगै कोलकाताको प्ले अफका लागि गणितीय आधार मात्र बाँकी छ ।

चेन्नईले तेस्रो जीतमा ६ अङ्क बनाएको छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको थियो ।

आईपीएलमा आज पन्जाब सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

अन्तिम अपडेट: असार ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया