भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिए

 वैशाख २५, २०८२ बिहीबार ९:५१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले १२ वर्षको टेस्ट करियरलाई अब विश्राम दिने निर्णय गरेका हुन् ।

रोहित टेस्टमा भारतका सफल ब्याटर मानिन्छन् । उनले ६७ टेस्टमा १२ शतक र १८ अर्धशतकसहित ४ हजार ३०१ रन बनाएका छन् । रोहितले सन् २०१३ मा वेस्ट इन्डिजसँगको खेलमार्फत टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए ।

यसैगरी उनले गएको वर्ष अस्ट्रेलियाविरुद्ध अन्तिम टेस्ट खेलेका थिए । रोहितको कप्तानीका भारतले गएको सस्करणको वल्र्ड टेस्ट च्याम्पियनशिपको फाइनल खेलेको थियो । टोली अस्ट्रेलियासँग २०९ रनले पराजित हुँदा उपाधिबाट बञ्चित बनेको थियो ।

यसैगरी टेस्ट च्याम्पियनशिपको पहिलो संस्करणमा पनि भारत फाइनलसम्म पुग्दा रोहितले राम्रो प्रदर्शन गरेका थिए । त्यसबेला भारत न्युजिल्यान्डसँग आठ विकेटले पराजित भएको थियो । 

अन्तिम अपडेट: असार ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया