शेयर बजार १२ अङ्कले घट्यो, ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार

 वैशाख २५, २०८२ बिहीबार १५:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो ६२ अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ०४ अङ्कले घटेर २ हजार ६ सय ६१ दशमलव ६४ विन्दुमा झरेको छ ।

आज फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर २ प्रतिशत र अन्य समूहको शेयर १ दशमलव ८१ प्रतिशतले ओरालो लागेको छ ।

आज सिन्धु विकास बैंकको शेयर सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स, छ्याङ्दी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका ३ करोड ७ लाख कित्ता शेयर ११ अर्ब ६५ रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया