चन्द्रमामा अन्तरिक्ष यानको टायर पङ्चर हुने समस्याले वैज्ञानिकहरु...
जेठ ३, २०८२ शनिबार
पाकिस्तानले गएराति ड्रोन र मिसाइलमार्फत् भारतका विभिन्न ठाउँमा आक्रमण गरेको छ । जम्मू–कश्मीर, पन्जाब र राजस्थानका विभिन्न ठाउँहरूमा आक्रमण भएका हुन् ।
पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू प्रहार गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । तर भारतीय पक्षले एस–४०० एअर डिफेन्स मिसाइल सिस्टमले ती सबै आक्रमण असफल बनाएको दाबी गरिरहेको छ ।
पाकिस्तानी ड्रोनले जम्मू विमानस्थल र पठानकोट एअरफोर्स स्टेसनलाई निशाना बनाएका छन् । भारत र पाकिस्तानबीच कश्मीरको आरएसपुरा सेक्टरमा गोली हानाहान पनि भइरहेको छ ।
नियन्त्रण रेखा एलओसी नजिकै कुपवाडा र बारामुल्लामा पनि पाकिस्तानले गोलाबारी गरेको भारतीय पक्षको दाबी छ ।
यस्तै भारत प्रशासित कश्मीरको जम्मू शहरमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
जम्मूमा रहेको विमानस्थलमा विस्फोटहरू भएको तर क्षतिबारे कुनै विवरण सार्वजनिक नभएको खबरमा उल्लेख छ ।
भारत–पाकिस्तान तनावबीच भारतका कयौं क्षेत्रमा ब्ल्याक आउट गरिएको छ । जम्मू–कश्मीरका जम्मू, उधमपुर, किश्तवाड, अखनूर, साम्बा, श्रीनगर र अनन्तनागमा ब्ल्याक आउट भएको छ ।
यस्तै राजस्थानको बाडमेर, बिकानेर र श्रीगंगानगर तथा पन्जाबको चण्डीगढ, जालन्धर, अमृतसर, होशियारपुर, गुरदासपुर र पठानकोटमा विद्युत आपूर्ति बन्द भएको छ । यस्तै गुजरातको भुज, कच्छ क्षेत्रमा पनि बिजुली छैन ।
भारतले गएको मङ्गलवाररातिदेखि पाकिस्तानमा अपरेशन सिन्दूर नामको आक्रमण गरेपछि दुई देशबीचको तनाव चुलिएको छ ।
२२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणको बदला लिन भन्दै भारतीय सेनाले पाकिस्तानका ९ नौ ठाउँमा आक्रमण गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।