योजना तथा कार्यक्रममा कार्यान्वयन गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न सांसदहरुको माग

 वैशाख २६, २०८२ शुक्रबार ९:२६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले महत्त्वाकाङ्क्षी योजना तथा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न सांसदहरुले माग गरेका छन् ।

प्रतिनिधिसभाको हिजोको बैठकमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा सांसदहरुले नीति तथा कार्यक्रम र वार्षिक बजेटमा परेका योजनाको कार्यान्वयन पक्ष निकै कमजोर रहेको बताएका हुन ।

सांसद सुहाङ्ग नेम्वाङले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन पक्षलाई पनि महत्त्वका साथ हेरिनुपर्ने बताउनुभयो ।

विगतका वर्षहरुमा नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नागरिकस्तरबाट शङ्का र आलोचना उठ्नु स्वाभाविक रहेको उहाँको टिप्पणी छ ।

सांसद सुशीला थिङले जस्तोसुकै राम्रो नीति तथा कार्यक्रम ल्याए पनि प्रतिपक्षले त्यसले सधैँ विरोध गर्ने गरेको उल्लेख गर्नुभयो । राम्रोलाई राम्रो भन्नसक्ने संस्कृति विकास गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा मात्रै बजेट हाल्ने विगतको खराब अभ्यासलाई रोकिनुपर्ने उहाँको माग छ ।

सांसद रुक्मिणी राना बराइलीले विगतका नीति तथा कार्यक्रममा परेका विषयहरु किन कार्यान्वयन हुन किन सकेनन् ? भन्ने प्रश्न गर्नुभयो । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन, रुग्ण उद्योग पुनःसञ्चालन गर्ने, खानी उद्योगहरु सञ्चालन गर्ने, पूर्वाधार निर्माणमा प्राथमिकता दिने, पुँजी निर्माणमा थप सहयोग पुग्नेगरी सरकारले वार्षिक नीति तथा कार्यक्रम ल्याएको उहाँले उल्लेख गर्नुभयो ।

सांसद प्रेमबहादुर महर्जनले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नसके देशको आर्थिक, सामाजिक रुपान्तरण गर्नका लागि सहयोगीसिद्ध हुने बताउनुभयो । 

अन्तिम अपडेट: जेठ २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया